योगदान गर्ने व्यक्तिको सम्मानार्थ ३० लाखसम्मको अक्षयकोष
पाेखरा | भदौ २०, २०७९
कास्की : नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले पार्टीमा योगदान पुर्याएका व्यक्तिलाई सम्मानार्थ रु ३० लाखसम्मको अक्षयकोष स्थापना गर्ने भएको छ ।
समितिको आज सम्पन्न बैठकले पार्टीमा योगदान गरेका व्यक्तिको सम्मानार्थ अक्षयकोष स्थापनासँगै विभिन्न निर्णय गरेको पार्टीका प्रवक्ता माधवप्रसाद बाँस्तोला (मधु) ले जानकारी दिनुभयो ।
पार्टीले यही भदौ २४ गते बिपी जयन्तीका अवसरमा बिपी स्मृति पुस्तकालय र सूचना सञ्चार तथा प्रचारप्रसार विभागकोे कक्ष उद्घाटन गर्ने भएको उहाँले जानकारी दिनुभयो ।
बैठकमा पार्टी केन्द्रीय कार्यालयको परिपत्रअनुसार गण्डकी प्र्रदेशका ११ जिल्लाबाट रायसहित सिफारिस भई आएका प्रतिनिधिसभा तथा प्रदेशसभाका प्रत्यक्ष तथा समानुपातिकका आकाङ्क्षी उम्मेदवार सबैको नामका विषयमा छलफल गरिएको छ । आकाङ्क्षीको नामावलीमा आवश्यक राय तय गर्न प्रदेशका पदाधिकारीलाई जिम्मा दिने बैठकले निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
बैठकले नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीको ममतामयी माता दमयन्ती भण्डारीको ९६ वर्षको उमेरमा असामयिक निधन भएकामा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

